रौतहट । रौतहट प्रहरीले चाेरीकाे रकमसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकाे कटहरिया नगरपालिका ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी बर्ष ३१ को नसिब बैठा र कटहरिया नगरपालिका ५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी बर्ष ३६ को हरिशंकर साह सोनार रहेका छन् । बैठा र साेनारले गाउँकै बतहु मिया मन्सुरीको छोरा आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई उनको साथबाट जबरजस्ती नगद रु. ८२ हजार रकम लुटपाट गरेर भागेका थिए ।
घटना पश्चात् ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएका बरिष्ठ प्रहरी सई अरूणकुमार सिंह नेतृत्वको टाेलीले भाग्दै गरेको अवस्थामा बैठा र सोनारकाे साथबाट प्रहरीले नगद रु.५९ हजार सहित पक्राउ गरेको हाे । पक्राउ परेका बैठा र साेनारकाे बिषयमा आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको सई सिंहले जानकारी दिए ।
यता पक्राउ पर्ने बैठा र साेनारलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
प्रतिक्रिया