अनैतिक गतिविधिमा संग्लन ६ जना पक्राउ

सिराहा । होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरीले बुधबारदेखि लगातार होटल तथा गेष्ट हाउसहरूमा छापा र निगरानी गरिरहेको छ ।

प्रहरीले मिर्चैया कटारी चोकस्थित होटलहरूबाट बुधबार गलत गतिविधिमा संग्लन ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना तथा एभरेष्ट होटलबाट राति दुई पुरुष र दुई महिलासहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया