राैतहट । राैतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । चन्द्रपुर प्रहरीले घरेलु मदिरा बुधबार नष्ट गरेको हो । प्रहरीकाे गस्ती टाेलीले लुकाइ छिपाई ल्याएको ५५/६० लिटर लिटर अवैध घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
ईप्रका चन्द्रनिगाहपुरका अनुसार विभिन्न स्थान बाट बरामद गरेको ५५/६० लिटर मदिरा स्थानीय जनप्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूकाे रोहवरमा प्रहरीले नष्ट गरेको हो ।
ईप्रका चन्द्रनिगाहपुर कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट चन्द्रनिगाहपुर, तल्लोबजार रौतहटबाट प्रहरी सहायक निरिक्षक दिपेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुरबाट गौर जाने सवारी साधनहरू चेकजाँच गर्दा फेला पारेकाे थियो ।
प्रतिक्रिया