ज्येष्ठ नागरिक संघद्वारा सात जना ज्येष्ठ नागरिकलाई सम्मान

सप्तरी । सप्तरीको सदरमुकाम राजबिराजस्थित ज्येष्ठ नागरिक जिल्ला संघद्वारा सात जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । बुधबार एक कार्यक्रमको बीच तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राजविराजमा उनीहरुलाई सम्मान गरिएको हो ।

आज सम्मान ग्रहण गर्दै ज्येष्ठ नागरिक सम्मानित हुनेहरूमा रायचन्द दुगड, विमलादेवी वैद्य, सितावी प्रसाद साह, मो. हाजी लतिफ, इन्जिनियर अरुणकुमार चौधरी, तुलसीप्रसाद दाहाल, विजयकान्त झा रहेका छन् । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका कार्यबाहक अध्यक्ष शंकर सारदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका प्रदेशसभा सदस्य मालाकुमारी कर्णले प्रमाणपत्र, दोसल्ला, माला लगाए सम्मान गरिन् ।

पूर्वकर्मचारी सेवा परिषद् नेपाल शाखा सप्तरीको समन्वय तथा ज्येष्ठ नागरिक जिल्ला संघद्वारा आयोजित सम्मान तथा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य कर्ण, डाक्नेश्वरी नगरपालिकाका पूर्वमेयर शिवनारायण साह, संघका सल्लाहकार रामनरेश प्रसाद सिंह, राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्द्रिय उपाध्यक्ष मञ्जु सारदा, सामुदायिक सेवा केन्द्रका पूर्वअध्यक्ष एवम् सल्लाहकार हितनारायणलाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र प्रसाद साह, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका सचिव एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति बैधनाथ झाद्वारा सञ्चालित कार्यक्रममा स्वागत पूर्वकर्मचारी सेवा परिषद् शाखा सप्तरीका अध्यक्ष सुगम्वर यादवले गरेका थिए ।

प्रतिक्रिया