वीरगञ्जमा विराट शिवगुरु महोत्सवको आयोजना हुने

वीरगञ्ज । वीरगञ्जको चिनी मिलस्थित पशुपतिनाथ मन्दिरमा आज विराट शिवगुरु महोत्सवको आयोजनाबारे बैठक सम्पन्न भएको छ । उक्त बैठकमा यही माघ १३ गते शनिबारको दिन वीरगञ्जस्थित चिनी मिल आवास क्षेत्रमा विराट शिवगुरु महोत्सवको आयोजना गरिनेबारे जानकारी गराइएको छ ।

शिव शिष्य हरिन्द्रानन्द फाउन्डेसन राँची तथा शिव शिष्य परिवार वीरगञ्ज पर्साको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । जसका लागि जनतामा व्यापक प्रचारप्रसार गरी सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

यस कार्यक्रमको मुख्य उदेश्य अहिले सनातन धर्म तथा भइरहेको कुप्रचार एवं शिव भगवानप्रति भक्तजनको मुटुमा शिवको बास होस्, शिवले सबैको कल्याण गरुन् जस्ता प्रेम भावले शिवप्रति आस्था जगाउन महोत्सवको आयोजना गर्न लागिएको शिव शिष्य परिवारका ओम भैयाले बताए ।

विश्वले शिवलाई शिष्यत्व दिएमा विश्व मानवताको उत्थानको जिम्मेवारी शिवगुरुले लिनुपर्ने उनले बताए । त्यस्तै उनले शिवलाई शिष्यत्व दिएमा विश्व मानवताको उत्थानको जिम्मेवारी शिवगुरुले लिनुपर्ने बताए । उनले गुरु शिवप्रति शिष्य हुने भावना मानव मनमा स्थायी हुनुपर्ने बताए ।

बिगत ३० वर्ष देखि नेपाल लगायत भारतमा शिवगुरु प्रति को भक्ति लाई जागरुक गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ । वीरगञ्जमा हुने महोत्सवमा नेपाललगायत भारतबाट एक लाखभन्दा बढी मान्छेको उपस्तिथि हुने आयोजकले जनाएको छ ।

बुधबार भएको बैठकमा विभिन्न निर्णय गर्दै सो महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण शिवगुरुका भक्तले सहयोग गर्ने निर्णय गरेका छन् । उक्त बैठकमा २५० जना महिला र पुरुषको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया