महोत्तरी । महोत्तरीको गौशाला–११ को श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बहादुरगञ्ज ७ मा झण्डा स्तम्भको शिलान्यास भएको छ । सोही विद्यालयमा अध्यापन गराउँदै आइरहेका किशोरी राय यादवले ६० वर्ष पूरा गरेको अनिवार्य अवकाशपछि विद्यालयको प्रांगणमा नेपालको राष्ट्रिय झण्डा स्तम्भ निर्माणको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा किशोरी राय यादव र उनकी श्रीमती पार्वती देवीले शिलान्यास पूजा बसेर परम्परा अनुसार कर्म निष्ठापूर्वक पूजा गरेका छन् । आफूले ६० वर्ष काम गरेको सम्झनामा यस विद्यालयलाई झण्डा स्तम्भ निर्माणको सम्पूर्ण खर्च बेहोर्ने गरी सम्पूर्ण जिम्मेवारी झण्डा स्तम्भ निर्माणको शिलान्यास गरेका छन् ।
त्यसै क्रममा विद्यालय सम्पूर्ण परिवारले किशोरी राय यादवलाई हार्दिक आभार प्रकट गरेका थिए । समाजको तर्फबाट यादव र उनका परिवारको सु–स्वास्थ्यको कामनासमेत गरेका छन् । सो शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, समाजका जनता र युवाहरुको उपस्तिथि रहेको थियो ।
महाेत्तरी
प्रतिक्रिया