सशस्त्र प्रहरी पर्साद्वारा २० वटा पशुचौपाया बरामद

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा न ४ बिजबनिया बाट सशस्त्र प्रहरी पर्सा ले २० वटा पशु चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल नं १३ गण मातहत प्रसताबित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको मोवाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको २० वटा पशु चौपाया बरामद गरेको हाे ।

भैसी-७ वटा, रांगा-४ वटा, पाडा-८ वटा र पाडी-१ एक गरी जम्मा २० वटा पशु चौपायाको मुल्य रु. ३ लाख ८५ हजार बराबरको पशु चाैपाया बरामद गरि आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं १३ गण पर्सा का प्रवक्ता संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया