जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कामप्रति व्यवसायीहरू असन्तुष्ट

बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कामप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीहरूले व्यापारीहरूको हकहितका लागि केही गर्न नसकेपछि नगर उद्योग वाणिज्य संघमा आबद्ध रहेका व्यवसायीहरू असन्तुष्ट बन्दै गएका छन् ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ मानिन्छ । यस संस्थाले उद्योगी, व्यापारी र व्यवसायीहरूको हकहित र सम्बर्धन तथा संरक्षणका लागि काम गर्दछ । यो संस्था केन्द्रदेखि जिल्लास्थित सबै राजनीतिक दल, सरकारी कार्यालयहरू, उद्योगपति, व्यवसायी र व्यापारीलगायत सम्पूर्ण जनतासँग सुमधुर सम्बन्ध कायम राख्ने सरकारको एक बलियो साझेदारी निजी क्षेत्रको नेतृत्वदायी भूमिका निभाउने संस्था हो । यो संस्था आपत्विपत्को समयमा जनतालाई सहयोग गरी भद्र भूमिका निभाउने संस्था पनि हो । तर जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघको नीति नियममा भएअनुसार कार्य जीतपुरसिमरा उपमहानगरपालिकामा कति गरेको पाइएको छैन ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कामप्रति व्यवसायी मात्र होइन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको पदाधिकारी नै असन्तुष्ट बन्दै गएका छन् । जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघको केही पदाधिकारीले नगर उद्योग वाणिज्य संघको हकहितका लागि काम गर्न छोडेर आफ्नो हकहितका लागि मात्र काम गर्ने गरेको समेत पाइएको छ । जिल्लाको उद्योग वाणिज्य संघको गति भने उस्ताको उस्तै रहनु भनेको नेतृत्वको कमजोरीको कारणले नै हो भन्ने गुनासो जनमानसमा आइराखेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ यस्तो सम्मानित संस्था हो कि जसले प्रत्यक्ष रूपमा जनता, उपभोक्ता, उद्योगी, व्यापारी र सरकारसम्म सरोकार राख्छ तर पधाधिकारीहरूमा नै कुरा नमिलेपछि अहिले पदाधिकारीहरूसमेत नगर उद्योग वाणिज्य संघको कामप्रति असन्तुष्ट बन्दै गएका छन् ।

जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघमा आफ्नो व्यवसाय दर्ता गराए बापत व्यवसायीहरूले समयमा कर तिर्ने गरेको भए पनि जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघले अहिलेसम्म जीतपुरसिमरा उपमहानगरपालिकाको व्यवसायीहरूका लागि के गरेको हो भनेर व्यवसायीहरूले प्रश्नसमेत गर्न थालेका छन् । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ अध्यक्ष महासचिवले व्यवसायीहरूको दुःखमा मात्र मल्हम लगाउनेबाहेक अरू केही गर्न नसकेको व्यवसायीहरूले बताएका छन् । नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरूले व्यवसायीको हकहितका लागि काम गर्नुभन्दा बढी सामाजिक सञ्जालमा आफ्नो प्रचारबाजी बढी गर्ने गरेको पाइएको छ । व्यवसायीसँग नै उधारो सामान लिएर जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो भवन निर्माण गरेको तर जुन व्यवसायीसँग सामान लिएर काम गरेको छ त्यसको दुई वर्ष हुन लाग्दासमेत व्यवसायीलाई सामान खरिद गरेवापत अझै रकम दिन सकेको छैन ।

प्रतिक्रिया