सप्तरी । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्वकुमार सिंह यादवले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न विद्यालयमा अनुगमन गरेका छन् । बोदे बर्साईन नगरपालिकाका विभिन्न विद्यालयको कक्षाकोठामा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए ।
विद्यार्थीहरुले विद्यालयको हाता भित्र देखिएका समस्या समाधानका उपाय बारे अन्तरक्रिया गरेका थिए । विद्यार्थीले विद्यालयमा देखिएका दैनिक समस्या पठनपाठन र अन्य क्रियाकलापका बारेमा यादवलाइ जानकारी गराए ।
विद्यार्थीसँगको अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य यादवले शिक्षा क्षेत्रमा बोदे बर्साईन नगरपालिका भित्र रहेको केही विद्यालयले राज्यको लगानी अनुसार प्रतिफल नदेखिएको बताए ।
गत बिगतका बर्षदेखि पालिकाको कक्षा १० को परिक्षाको नतिजा सन्तोषजनक नभएकोले शैक्षिक क्षेत्रमा काम गर्ने सबैलाई निरास बनाएको बताउदै यादवले आगामी बर्षमा शैक्षिक क्षेत्रको चौतर्फी बिकासका लागि इमानदार भै लाग्न सरोकारवालालाई आग्रह गरे ।
विद्यालयलाई अनुदान दिंदा त्यस विद्यालयको कक्षा १० काे परिक्षाको नतिजाको मुख्य आधार बनाएर मात्रै दिने र संघ र प्रदेशमा सिफारिस गर्दा पनि शैक्षिक गुणस्तरलाई आधार मान्ने बताए ।
प्रतिक्रिया