सर्लाही । सर्लाहीको नवलपुरमा मिनि ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ कामबाट घर फर्किँ–दै गरेका हरिपुर नगरपालिका ७ चिताइनका ५० वर्षीय रुदल कुमर (दनुवार)लाई ट्रकले किचेको थियो । नवलपुर मंलग्वा सडक खण्डअन्तर्गत लालबन्दी– १ नवलपुरबाट हरिपुरतर्फ साईकलमा जाँदै गरेका कुमर रोडमा लडेका थिए ।
उठ्न खोज्दै गर्दा कुमरलाई पछाडीबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनि ट्रकले ठक्कर दिएर भागेको थियो । सासापुरको डाबरीमा रहेको ईटाभट्टामा मजदुरी गर्ने कुमरलाई तत्कालै उपचारका लागि सदरमुकाम मलंग्वास्थित प्रादेशिक अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
ठक्कर दिने मिनि ट्रक जुटपानीमा रहेको शिरिष पानी फ्याक्ट्रिको रहेको बुझिएको र घटना भएको करिव ४ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यबाहक प्रमुख एवम् वरिष्ठ सई भानुभक्त नेपालले जानकारी दिए । ईलाका प्रहरी कार्यालय लालबन्दीसहितको टोलीको संलग्नतामा ट्रक नियन्त्रणमा लिइएको नेपालले बताए ।
सर्लाही
प्रतिक्रिया