लमजुङ । लमजुङको राइनास नगरपालिकामा सञ्चालन हुँदै आएको राइनास बहु प्राविधिक शिक्षालयबाट सोमबार शिक्षालयकै एक समूहलाई बिदाई गरिएको छ ।
तिन वर्षे वन विज्ञान विषयमा अध्ययन गर्दै आएका एक समूहलाई बिदाई गरिएको हो । बिदाइ गरिएको समूह २०७७ सालदेखि हालसम्म अध्ययनरत रहेका थिए । बिदाई कार्यक्रममा बोल्दै शिक्षलयका प्रमुख बुद्धी श्रेष्ठले विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए ।
उनले सो अवसरमा यही समूहले नेपालमा नै सेमेस्टर तर्फको परिक्षामा प्रथम भएको बताउँदै खुशी समेत व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा शिक्षालयका वन विज्ञान प्रशिक्षक सरोज घिमिरेले हालसम्म विद्यार्थीहरुले अध्ययन राम्रोसँग गरेको र अबको दिनमा पनि उनीहरुले आफ्ना पढाइलाई निरन्तरता दिन तथा स्वरोजगारमुलक क्षेत्रमा आफ्ना पाइला चाल्न आग्रह गरे ।
बिदाई कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट खोम कार्की, प्रेच्क्ष थापा, सञ्चारकर्मी सुवास मजाकोटीलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरु बिदाइको समारोहमा आफ्नासँगै तीन वर्षसम्म पढेका साथिहरुसँग छुट्टिन पर्दा भावुक समेत बनेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सुवास पौडेलले गरेका थिए ।
लमजुङ
प्रतिक्रिया