वीरगञ्ज । शुक्रबार बिहान निधन भएका नेपाली कांग्रेसका नेता रामराजा प्रसाद कुर्मीको पार्थिव शरीरमा नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका सांसद जनार्दन सिंह क्षेत्रीले कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
कुर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लामा नेपाली कांग्रेस को संगठन लाई मजबुत गर्न स्व. रामराजा प्रसाद कुर्मीको योगदान अतुलनीय रहेको बताए । उनी नेपाली कांग्रेसको पुरानो नेता रहेको र पार्टीमा उनले गरेको कार्य युवाहरुले आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताए ।
कुर्मीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिकाका सभापति महेन्द्र लाल नेपाली, क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन, क्षेत्र नं १ का अनिल सिहंलगायत नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अजय द्विवेदी स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया