जनकपुरधाम । प्रहरी समायोजनलगायत ६ सूत्रीय मागसहित मधेस सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ । शनिबार संघ सरकारलाई दिएको एकमहिने अल्टिमेटम सकिएपछि आइतबार मधेस सरकारको मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी दाल नेकपा एमालेसहित दलका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुनहरू चाँडो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
एक महिनाभित्र प्रदेश प्रहरी समायोजन, निजामती सेवा ऐनलगायत कार्यान्वयन गरिसक्न दिएको अल्टिमेटम सकिएकाले आफूहरू संघर्षमा जान बाध्य हुन प्रधानमन्त्रीलाई चेतावनी दिएको मुख्यमन्त्री सरोजकुमार यादवले बताए । प्रधानमन्त्रीले आफूहरूको मागप्रति सकारात्मक रहेको र यसका लागि दबाब सिर्जना गर्नुपर्ने भएकोले अलि समय थप दिनुपर्ने भनेको मुख्यमन्त्री यादवले जानकारी दिए ।
मुख्यमन्त्री यादवले समय थप गर्ने वा नगर्ने बारे आइतबार गठबन्धनका दलका तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउने बताए । त्यसपछि मधेस प्रदेशका दलका नेताहरू बसेर छलफल गरी संघर्षको विषयमा निर्णय लिने उनको भनाइ छ ।
प्रतिक्रिया