महोत्तरी । लैंगिक हिंसा विरुद्ध १६दिने अभियान अन्तरगत महोत्तरीको जलेश्वरमा लैंगिक तथा अल्पसंख्यकसँग संवाद कार्यक्रमको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीको मङ्सिर ९ गते देखि २४ गते १६ दिन सम्म संचालित आयोजनामा उक्त कार्यक्रम अन्तरगत १३औं दिन ७ डिसेम्वरमा लैंगिक तथा अल्पसंख्यकसँग संवाद कार्यक्रमको आयोजना गरि मनाइएकाे हाे ।
महोत्तरी जिल्लाभरि संगठित रुपमा रहेका लैंगिक तथा अल्पसंख्यक समुदायको उल्लेख्य सहभागीता रहेको कार्यक्रमा उनीहरुले आफ्ना समस्या चुनौती बारे खुलेर बहस गरेका थिए । जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कर्यालय महोत्तरी, जलेश्वर नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, इन्सेक महोत्तरी, ओरेक महोत्तरी, महिला सचेतना केन्द्र, जिल्ला सञ्जाल महोत्तरी, सेफ द चिल्ड्रेन, चौतारी नेपाल, श्री सृजनशिल महिला उत्थान केन्द्र, समाज उत्थान केन्द्र लगायत अधिकारमुखी संस्थाहरुको साझेदारिमा कार्यक्रम सम्पन्न भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक महोत्तरी प्रतिनिधिले जनाएको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश साँसद रमिता प्रधान रहनु भएको थियो भने विशेष अतिथिगणमा जिल्ला समन्वय समिति प्रमुख सुमन लाल कर्ण, एसपि प्रकाश मल्ल, जलेश्वर नगर उपप्रमुख रौशन खातुन रहेका थिए । त्यसैगरी अतिथिमा चौतारी नेपालकी अध्यक्ष तेस्रो लिंगी महिला मुस्कान खातुन र विभिन्न संस्थामा प्रतिनिधि रहेका थिए ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेको अध्यक्षतामा सम्पन्न भएको महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष काजल नागबंशीले बताइन् । संवाद कार्यक्रममा प्रदेश सांसद रमिता प्रधानले संसदमा लैंगिक तथा अल्पसंख्यकको सवाललाइ निकै गहन ढंगले उठान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
समाजिक रुपमा तेस्रो लिंगको आधारमा पनि हिंसा हुने भएकाले लैंगिक हिंसा तथा अल्पसंख्यकको मानव अधिकारको प्रत्याभूति गराउन र उनीहरुसंग हुने विभिन्न खाले हिंसा र दूव्यृहारप्रति कानून सदैव सचेत रहन्दै खबरदारि गर्ने र यसका लागी नागरिक अभियान र सञ्चारको समेत महत्वपुणर् भूमिका रहने मल्लको भनाइ थियो । सहायक प्रमुख जिल्ला अधिकारी न्याैपानेले तेस्रो लिंगीको सवाल र प्रश्नलाइ संबोधन गर्दै भने, ‘जसको सवाल उसैको नेतुत्व सशक्त भयो भने मात्र अधिकार सुनिशचित हुन सक्छ ।’ संवाद कार्यक्रममा सहभागी साझेदार संस्थाका प्रतिनिधिहरुले आ आफ्नो मन्तब्य राखेका आसमान नेपालका जिल्ला प्रतिनिधि संजय पासवानले बताए ।
प्रतिक्रिया