काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलन आइतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ ।
सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका निम्ति विभिन्न सात विषयमा बहस गरिने तय छ । बहसका निम्ति स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणालीलगायत विषय छन् ।
प्रतिक्रिया