काभ्रे । रोकी राखेको मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरी गर्ने गिरोह लाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । गत कार्तिक १६ गते रातको समयमा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटि गएको गस्ति टोलीले राति ९ बजेको समयमा हेल्मेट हातमा बोकी हिडिरहेको अवस्थामा २ जना शंकास्पद ब्यक्ती देखेर सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ७ बस्ने बर्ष २९ को सुनिल घलान र बस्ने बर्ष २० को मनोज घलान रहेको प्रहरी जनाएको छ ।
उनीहरुले बनेपा ८ बस्ने लालबहादुर लामाले सडक छेउमा पार्किङ गरी राखेको मोटर साइकलको हेल्मेट चोरी गरी हिडेको बुझिए पश्चात निजहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान गर्दै गर्दा उनीहरूले बनेपा १० मा बस्ने सुदिप रायमाझीले ८ बजेको सममा बनेपा ९ नयाँ बस्तिस्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा.प्र.३–०२–००८ प २६१८ नं.२२० सीसीको पल्सर मोटरसाइकल चारी गरेको प्रहरीले उल्लेख गरेको छ ।
प्रतिक्रिया