न्यु डायमन्ड र न्युटन भलिबल च्याम्पियन

apolo-volley-ballकाठमाडौं, २२ माघ । न्यु डायमन्ड ‘ए’ ले गल्र्स र न्युटनले ब्वाइजतर्फ प्रथम एपोलो अन्तरस्कुल भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको खेलमा गल्र्सको फाइनलमा न्यु डायमन्डले एन्जल्स हर्टलाई २५–१६, २५–२२ र २५–११ को सोझो सेटमा पराजित गर्‍यो । न्यु डायमन्ड ‘बी’ तेस्रो भयो ।

ब्वाइजको उपाधि भिडन्तमा न्युटनले दीपज्योतिको चुनौती २५–१५, २५–१६ र २५–२१ ले समाप्त पार्‍यो । आयोजक एपोलो इन्टरनेसनल एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो ।
ब्वाइजमा दीपज्योतिका तिलक छन्त्याल तथा गल्र्समा डायमन्ड ‘ए’ की मनीषा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ, आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम रिजाल, काठमाडौं प्याब्सनका सह–सचिव रामबहादुर केसी, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष माधव केसी, एपोलोका प्रिन्सिपल पूर्णबहादुर आलेले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ९ गरी १७ टिम सहभागी थिए ।

प्रतिक्रिया