शान्ति सम्मानित

santi-grgकाठमाडौं : भलिबल वरिष्ठ प्रशिक्षक शान्ति गुरुङलाई सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) ले आइतबार सम्मान गरेको छ ।
श्रीलंकाको कोलोम्बोमा भएको दसौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरी टिमलाई कांस्य पदक दिलाउन सफल भएकोमा शान्तिलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको हो ।
सातौँ सेब अन्तरविद्यालय भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा सेबका प्रिन्सिपल युवराज थापाले शान्तिलाई पाँच हजार रुपियाँसहित सम्मान गरे ।

प्रतिक्रिया