काठमाडौं । टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको फाइनल खेलमा ओमानले नेपाललाई जितको लागि १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।
ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए । शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । त्यसैगरी गुल्सन झा र अविनाश बोहराले १–१ विकेट लिए ।
समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रन रेटका कारण ओमान शीर्ष स्थानमा छ । दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् ।
आजको विजेता टोलीले समूह ‘बी’ को उपविजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया