अनुरागले ल्याए ‘माया नै हो’

काठमाडौं । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक भएको छ । गीतमा विकास गिरीको र्यापसमेत रहेको छ । गीतको भिडियोमा इन्द्र दोङ लामा (खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ ।

सबै कलाकार हास्यश्रृंखला ‘हर्के हल्वल्दार’ का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियो खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडियोमा विजेश पौडेल (लातोकोसेरो फिल्मस्) को सम्पादन तथा प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् । गायक अनुराग हाल अमेरिकामा बस्छन् ।

प्रतिक्रिया