लमजुङमा खुकुरी प्रहार गरी छोराद्वारा बुबाको हत्या

लमजुङ । लमजुङमा घरयासी विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बुबाको हत्या गरेका छन् ।
जिल्लाको क्व्होलासोथार गाउँपालिका– ९ टक्सारस्थित गत असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बुबा दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका हुन् ।

आफ्नै छोराको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखरामा उचार गरिएको थियो । दिलबहादुरको उपचारका क्रममा गत शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

प्रहरीले निज सुजनलाई गत १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरेको र थियो । निज विकमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्लामा प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया