पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका– ५ को वडा कार्यालय भवन बुधबार उद्घाटन भएको छ । भौतिक पूर्वाधार पूर्वमन्त्री तथा संघीय सांसद वसन्त कुमार नेम्वाङले उक्त वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।
भवन एक करोड एक लाखमा सम्झौता भइ निर्माण गरिएको पालिका सदस्य बिरेन्द्र मंग्रातिले जानकारी दिए । भवन उद्घाटन समारोहमा नेम्वाङले सल्लेरी, शुभाङ, हुँदै पालिका जोड्ने मोटर सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटन समारोह वडा अध्यक्ष बिर्खबहादुर सुहाङको सभापतित्वमा भएको हो । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, वडाबासी र जनसमुदायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया