सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडाैं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता सुरु गरेको छ । आज बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । यद्यपि गृहमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो ।

छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने कुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेकाे उनले बताए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया