दशक पछि कृषिमा फर्केका अबरारुल, दर्जनौंलाइ दिए रोजगारी

रौतहट । रोजगारीको राम्रो सम्भावना बोकेको ह्याचरी उद्योगलाइ प्रोत्साहन गर्ने हो भने यसबाट धेरैले रोजागरी पाउने छन् । यसको प्रत्यक्ष उदाहरण हो, फतुवा बिजयपुर नगरपालिकामा रहेको एक ह्याचरी उद्योग । जिल्लाको फतुवा बिजयपुर–८ मा अबरारुल हकले हाँस, बट्टाइ लगायतको चल्ला उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । उनको कासमी कृषि तथा पोल्ट्री प्रालि. अहिले सञ्चालनमा छ । उनको फर्ममा हाँस, बट्टाइ, टर्की, लोकल कुखुराको चल्ला, गिरिराज कुखुराको चल्ला र परेवा पाइनुको साथै पोल्ट्री जन्य सामाग्री उत्पादन गरेर मधेश प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् ।

उनले चल्ला उत्पादनबाट हरेक महिना १ लाखदेखि २ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताए । २०६३ सालदेखि पोलट्री व्यवसायमा लागेका अबरारुलले अन्य ठाउँमा यो व्यवसाय राम्रो गर्दै गएको प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएको बताए । ह्याचरीमा उत्पादित चल्ला रौतहट, बारा, पर्साका साथै सर्लाही, महोत्तरी, धनुषासम्म बजार प्रतिनिधी मार्फत बिक्री वितरण गराउने गरेका छन् । बाहिरका व्यापारीहरू पनि चल्ला खरीदको लागि उनको ह्याचरीमा आउन गरेको बताए ।

ह्याचरी उद्योग नहुँदा यहाँका पोल्ट्री सामाग्रीका लागि किसान व्यवसायीले चितवन सहित अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो । तर स्थानीयस्तरमै ह्याचरी उद्योगबाट हाँस लगायतका चल्ला उत्पादन भएपछि किसानलाई सुविधा भएको छ ।

१० वर्ष पेसाबाट पलायन भएका अबरारुल पुनः फर्किए


२०६३ सालमा ब्रोइलर फार्म सुरु गरेका उनी १० वर्ष जति पेसाबाट पलायन भए । बिचबिचमा कुखुरापालन गर्दै छोड्दै आएका थिए । कारण थियो कहिले व्यवसायमा घाटा हुनु कहिले नाफा हुनु । जसरी त्यसरी पारिश्रमीक निस्किन्थ्यो । उनले भने, ‘कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आश थिएन् । पछि २०७५ सालमा पुनः यस पेसामा फर्किए ।’ २०७७ सालदेखि चल्ला उत्पादनको काम सुरु गरेको उनले सुनाए । तत्पश्चात् राम्रै आम्दानी गरेको छु । महिनाको लाखौं आम्दानी गरेको छु । सबै खर्च काटेर राम्रै आम्दानी हुन्छ । यदी अनुदानहरु सहयोग पाए भने ह्याचरी उद्योगलाइ मधेश प्रदेशमै नमुना बनाउने उनको सोच छ । उद्योगलाइ विस्तार गर्ने योजना रहेको उनेले सुनाए । यदि ठूलो उद्योगको रुपमा परिणत भयो भने १२ जनाको ठाउँमा १००÷२०० जनाले रोजगारी पाउन सक्ने उनले बताए ।

महिनाको ६० हजारसम्म कमाउँछन् बजार प्रतिनिधीः ४ लाखको व्यत्तिगत लगानीमा सञ्चालनमा रहेको ह्याचरी उद्योगमा तिन जना कामदार छन् । भने करिब १ दर्जन जति बजार प्रतिनिधीहरु छन् । स्थानिय सरकार फतुवा बिजयपुर नगरपालिकाबाट अनुदानको सहयोगमा उनको लगानी कारोबार अहिले ४० लाखसम्म पुगेको छ । उनले व्यवसाय सञ्चालनको लागि काहिँ कतैबाट ऋण लिएका छैनन् । बजार प्रतिनिधीको रुपमा काम गर्ने ऐनुल हकले भने, ‘चल्लाहरु बेचेर महिनाको ६० हजारसम्म कमाउँछौ । अन्त कामउन जानुपरेको छैन् ।’ अर्का एक जना बजार प्रतिनिधी नुर आलमको पनि त्यस्तै भनाइ छ । ‘हामी दैनिक रुपमा मोटरसाइकिलमा चल्ला लोड गरी मधेश प्रदेशको विभिन्न ठाउँमा बिक्रि गर्न निस्किन छौं । बेलुका आएर साहुसँग हिसाब किताब सबै काँटछाँट गरेर महिनामा त्यती आम्दानी गर्ने गरेका छौं,’ उनले भने ।

सम्बन्धित निकायबाट के के पाए अबरारुलले ? : स्थानिय सरकारबाट केही अनुदान बाहेका काहिँ कतैबाट केही सहयोग नपाएको उनले बताए । प्रदेश र संघ सरकारबाट केही सहयोग नपाएको गुणासो गरे । पशु सेवा शाखा फतुवा बिजयपुर शाखाका प्रमुख दयाराम यादवसँग बुझदा यस वर्ष ह्याचरी उत्पादन गर्ने किसानको लागि केही कार्यक्रम नभएपनि माछा पालन गर्ने किसानको लागि आएको जानकारी गराए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर प्राविधिक सहायक सूचना अधिकारी जादोलाल साहसँग सोध्दा जिल्लाबाट ह्याचरी उद्योगीका लागि केही कार्यक्रम नभएपनि क्षेत्रीय निर्देशनालयबाट अनुदानको लागि रकम आए पनि फ्रिज भएको जानकारी गराए । यता पशुपन्छी तथा मत्सय विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जागेश्वर यादवले हाँसको ह्याचरी स्तरोन्ती कार्यक्रम सञ्चालनका लागि आएपनि बजेट रोक्का भएका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराए । तर हामीले ह्याचरी सञ्चालन गर्ने व्यवसायीहरुलाइ प्राविधिक मार्फत निःशुल्क सेवा दिइरहेका छौं । कुनै व्यवसायीलाइ सहयोगको आवश्यकता परे निर्धक्क भएर सम्पर्क गर्न आग्रह गरे ।

ह्याचरी उद्योग सञ्चालन गर्न चुनौतीः ह्याचरी उद्योग सञ्चालन गर्न धेरै चुनौती रहेको उनले बताए । बजारीकरणको समस्या छ । चल्ला उत्पादन गरेपछि आफैले लगेर बेच्नु पर्ने बाध्यता छ । काँहिकतैबाट अनुदान पाउँदैन् । अर्को समस्या बिद्युतको रहेको उनले सुनाए । ‘एक घण्टा लाइन कटयो भने ४ सय सम्मको डिजल खपत हुन्छ । जसकारण हामीलाइ घाटा हुन्छ । यसको पनि ठोस् उपाय गरियो भने राम्रो हुन्थ्यो,’ उनले भने ।

उनले भने, ‘फतुवा बिजयपुर नगरपालिकाको अनुदान सहयोगमा यहाँसम्म पुग्न सफल भएको छु । तर अझै ठूलो रुपमा काम गर्नको लागि मेसिनहरु ख्रिद गर्न पाइयो भने सयांै जनालाई राम्रो रोजगारी दिन सकिन्थ्यो । म जस्ता वास्तविक किसान फर्म वालाले जिल्ला, प्रदेशबाट अनुदान पाएएका छैनौं, ।’ नगरपालिकाबाट थोरै अनुदान पाएर राम्ररी चालाउन कठिन छ मथिल्लो निकायको ध्यानाकर्षण होस् भनि उनी चाहन्छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया