नेपाली कांग्रेस पाँचथरको क्षेत्रिय सम्मेलन सकियो

पाँचथर । नेपाली कांग्रेस पार्टी पाँचथरले दुवै क्षेत्रको क्षेत्रिय सम्मेलन सम्पन्न गरेको छ । शनिबार क्षेत्र नम्बर दुईको कुम्मायक गाउँपालिका यासोकमा सम्पन्न भएको कांग्रेस निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।

उक्त सम्मेलनमा क्षेत्रिय सभापति तथा कोशी प्रदेश सांसद मैया श्रेष्ठको अध्यक्षमा भएको हो । क्षेत्र नं एक हिलिहाङ गाउँपालिकाको चतुरेमा क्षेत्रिय सभापति भविश्वर योङहाङको सभापतित्वमा सम्पन्न भएको जनाइएको छ ।

दुवै सम्मेलन सम्पन्न गर्न केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ताको रूपमा रहेका देवराज चालिसेको विशेष महत्व र भूमिका रहेको निवर्तमान सभापति तथा युवा नेता नरेन्द्र कुमार केरुङले जानकारी दिए ।

पार्टीभित्रको कार्यक्रम रहेकाले वडा र गाउँपालिका सम्मेलन गर्ने, पार्टीको नीति, नियम, निर्माण गर्ने, जिल्लामा हुने क्षेत्रिय कार्यक्रम समितिमा प्रतिवेदन पेश गर्ने, पार्टीको विधानत सम्पूर्ण कार्यसूची निर्माण गरी लागू गर्ने भनाइ रहेको छ ।

प्रतिक्रिया