फिदिम नगरपालिका– २ रास्वपाको संयोजकमा ओझा

पाँचथर । फिदिम नगरपालिका– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा संयोजकमा सर्वसहमतिले रञ्जन ओझा निर्वाचित भएका छन् । शनिबार वडा नम्बर मा बनेको समितिमा ओझाको संयोजकत्वमा ११ सदस्य समिति चयन गरिएको हो ।

त्यस्तै सहसंयोजकमा यज्ञप्रसाद ओझा, सचिवमा लिला भण्डारी, कोषाध्यक्षमा सीता धिमाल चयन भएका छन् । सदस्यहरु, बर्षा ओझा, रामबहादुर लिम्बु, भुपि अधिकारी, गोपाल भण्डारी, बिनिता ढुंगानालगायत छन् । सहभागी भएका नागरिकहरु खुल्न नचाहिने र सहयोग गर्ने जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले फिदिम नगरपालिकाका ११, १२, २ वडाहरुमा समिति गठन गरिएको र आउने शनिबार फिदिम वडा नं. ४ मा समिति गठन गरिने नवनिर्वाचित वडा नम्बर २ का संयोजक रञ्जन ओझाले जानकारी दिए ।

उक्त समिति निर्माणमा जिल्ला संयोजक देवेन्द्र कुँवर, पाँचथर निर्वाचन समितिका प्रदेश सदस्य दिपकप्रकाश भण्डारीलगायतको उपस्थिति रहेको थियो । पाँचथर जिल्लामा रास्वपाको समिति निर्माण तिव्र गतिमा हुँदै आएको छ ।

प्रतिक्रिया