रौतह । गरुडा नगर उधोग वाणिज्य संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार अन्तिम समय शुक्रवार ४ बजेसम्म ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराउनेहरुमा संतोष कुमार चौधरी, चुनचुन प्रसाद साह,सतिश साह, राधेश्याम साह कलवार र राजेश कुमार साह रहेका छन् । त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली, महाशक्ति साह निराला, राकेश कुमार साह, हरिकिशोर प्रसाद साह, अनिता कर्ण, शिवम् कुमार सोनी, हेमलाल साह सोनार लगायतकाले मनोनय दर्ता गराएका हुन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया