झापामा सर्पले टोकेर एक महिलाको मृत्यु

सुरुंगा । झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए ।

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेट सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया