नेपाल कृषिप्रधान देश भए पनि कृषिमा युवाहरू खासै रुचिका साथलाग्न सकेका छैनन् । राज्यले कृषि क्षेत्रमा ऐन, नीतिनियम कडाइका साथ लागू गर्न नसक्दा कृषि तथा पशुपालना क्षेत्रलाई धेरैजसोले वेवास्थागर्न थालेका छन् । उद्यपि केही युवाहरू यस क्षेत्रमा उत्साहका साथ लागि परेका पाइन्छ । पछिल्लो समय सुन्तला, कागती, आँप, तरकारी खेती तथा पशु पालन, मत्स्य पालनआदि कृषि जन्य उत्पादनमा युवाहरूको आकर्षण बढिरहेको छ । अध्ययन गर्दै कृषि क्षेत्रमा लागेका भोजपुर टेम्केमैयुङका योगेश श्रेष्ठ यतिबेला फलफूल तथा कृषि व्यवसायीहरूको बीचमा पृथक पहिचान बनाउन सफल भएका छन् । थोरै लगानीमा वर्षभरि आम्दानीहुने भएपछि योगेश फलफुल तथा कृषि व्यवसायमा हौसिएका हुन् । अहिले नेपालमा फलफूल तथा कृषिको माग सँगै यसको उत्पादनमा समेत वृद्धि भइरहेको बुझेका श्रेष्ठले ठुलो बुबा चित्रकुमार श्रेष्ठ र स्वयम् आफैँले २०७७ सालमा भोजपुरको टेम्केमैयुङ ७ स्थित स्थापना गरेको दधिपुर फलफूल तथा कृषिफर्म उद्योगमा आवद्ध रहेर सो व्यवसायलाई निरन्तरता दिइरहेका छन् । विभिन्न कृषि जन्य व्यवसाय गरीरहेका श्रेष्ठ त्यस ठाउँका सफल व्यवसायी हुन् । आफ्ना क्षेत्रका युवाहरूलाई आफँैमा आत्मनिर्भर हुन कृषिकर्म प्रति प्रेरित गर्दै आइरहेका श्रेष्ठलाई उनको कामको मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले सम्मान समेत गरेको छ । जिल्लाकै फलफुल तथा कृषि व्यवसायीहरूको भीडमा अब्बल ठहरिएका युवा व्यवसायी योगेश सँग गरेको सम्वादको संपादीत अंशः
तपाईँले फलफूलतथा कृषि व्यवसायी नै रोज्नुको कारण के हो ?
–फलफूल तथा कृषि व्यवसायमा आकर्षण हुनुको कारण यो व्यवसायमा कम लगानी र यसको बृद्धि आफँैबाट हुने र अरुमा निहित हुन नपर्ने भएकाले नै मैले कृषि पेसा रोजेको हुँ ।
फलफूल तथा कृषि व्यवसायलाई कसरी हेरिरहनु भएको छ ?
–यो व्यवसाय सदाबहार, यसमा बजार राम्रो, जनशक्ति पनि खोजेको र भनेको बेलामा पाइने, सरल तरिकाले व्यवसाय सञ्चालन गर्न सकिने भएकोले यो व्यवसाय उत्तम छ भन्ने लाग्छ ।
फलफूल तथा कृषिको ब्यवस्थापन कसरी गर्नुहुन्छ ?
–फलफूल र तरकारीको लागि विभिन्न किसिमको कम्पोष्ट मल घरमै उत्पादन गर्ने गरेको छु । नपुगेको खण्डमा बजारको मलखरिद गरि प्रयोग गर्ने गरेको छु । सुख्खा मैसमको बेलामा खोलाबाट पाइपमा पानी ल्याएर सिँचाई गर्ने गरेको छु । पशुपालनको लागि विभिन्न किसिमको दाना, घाँस व्यवस्था आफैं घरमै गर्ने गरेको छु ।
फलफूल तथा कृषि व्यवसाय गरेर मात्र भएन, बजारको अवस्था कस्तो छ ?
–यसको बजार व्यवस्थापन राम्रो छ । जिल्लामा बिक्री गरि नसकिएको खण्डमा देशै भरिको बजारमा पठाउने गरेको छु । गुणस्तरमा समस्या नहुने भएकोले समय अनुसार बजारमा बिक्री भइरहेको छ ।
फलफूल तथा कृषि व्यवसायमा सबैभन्दा ठूलो चुनौती के हो ?
–यस व्यवसायमा सबैभन्दा ठूलो चुनौती भनेको बेमौसमी हावा पानीहुनु, विभिन्न किसिमका किरा फटेङ्ग्रा र बाढीपहिरो आदिका कारण हामीजस्तो थुप्रै किसानहरूले दुःखसास्ती खेप्नु परिरहेको छ । यो कुरा तपाईंको पत्रिकामार्फत राज्यको कानसम्म पुगोस् भन्न चाहन्छु ।
यो व्यवसायमा आधुनिक ज्ञान र सीपको उपयोग गर्न नयाँ प्रविधियुक्त सरसामानको आवश्यकता कत्तिको पर्छ ?
–यसमा धेरै किसिमको प्रबिधि आवश्यकता पर्दछ । खन्ने, जोत्ने, मिसिन, उकेरा लगाउने मिसिन, विरुवा रोप्ने मिसिन, पानी सिँचाई गर्नको लागि मोटर, बोरिंग, ढुवानीको लागि गाडी जास्ता सामनको आदिआवश्यक पर्छ ।
उपभोक्तालाई नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य बस्तु अर्गानिक भएको कसरी प्रमाणित गराउने ?
–उपभोक्ताले फलफूल तथा कृषिजन्य बस्तु अर्गानिक हो, होइन छुट्याउन आफैं सक्दछन् । हामीले उत्पादन गरेको फलफुल तथा कृषिजन्य वस्तुमा हाम्रो फर्मको व्यवसायी शुद्धता ट्याग लगाएका हुन्छौँ । यस्तै हेरेर वा बुझेर समान प्रयोग गर्नुपर्छ
फलफूल तथा कृषि व्यवसाय उपजहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने तथा व्यापार सन्तुलन गर्न के गर्नु पर्ला ?
–यसको निर्यातमा सहजता र यसको बजार प्रवर्धनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार मेला र राष्ट्रिय स्तरमा फलफूल तथा कृषिजन्य बस्तु सम्बन्धि विज्ञापन र सरकारको गम्भीर ध्यानाकर्षण भएमा ब्यापार सन्तुलन हुन्छ ।
विगतमा यो व्यवसायको लागि अन्तर्राष्ट्रिय दाता संस्थाहरूको सहयोग प्राप्त हुन्थ्यो अहिले अवस्था के छ ?
–पहिलाको जस्तो अवस्था अहिले छैन । अन्तर्राष्ट्रिय दाता संस्थाहरूको सहयोग भोजपुर आसपास आएको पछिल्लो समय मलाई थाहा छैन । व्यवसायको प्रकृति हेरी पछिल्लो समय नेपाल सरकारले प्रोत्साहन स्वरुप केही अनुदान दिएको छ । दुःखका साथ भन्नुपर्ने हुन्छ, नेपालमा आएका अनेकन अनुदान मध्ये कृषकसम्म बडो हम्मेका साथ आइपुग्ने गर्दछ । किसानलाई कृषिकर्म गर्नमा नै फुर्सद छैन, उसले सरकारी कार्यालयमा गएर दिनहुँ गुलामी र चाकडी गर्ने कहाँ फुर्सद पाउँछ र ? त्यसै कारणले पनि अधिकांश कृषि अनुदान कागजमा मात्रै सिमित हुने गरेका छन् ।
फलफूल तथा कृषि व्यवसायबाट हुने आर्थिक आयआर्जनबाट सन्तुष्ट हुनुहुन्छ
–सन्तुष्ट हुनु नै सफल हुनु हो । यो व्यवसायबाट मैले मेरो पाँचजनाको परिवार राम्रैसँग पालन पोषण, शिक्षा, उपचार जस्ताअन्य आवस्यकता यही व्यवसायबाट पु¥याइरहेको छु । सामाजिक रुपमा एक सफल फलफूल तथा कृषि व्यवसायीको पहिचान बनाएको छु । यसमा म सन्तुष्ट छु ।
नेपालमा व्यवसायिक रुपमा बजारमुखी तबरबाट फलफूल तथा कृषि व्यवसायको व्यापकता हुन नसकेको गुनासो सुनिन्छ नि ?
नेपालमा व्यवसायिक रूपमा बजारमुखी तवरबाट फलफूल तथा कृषि व्यवसाय व्यापकता हुन नसक्नाका निम्न कारण छन् ।
फलफूल तथा कृषि व्यवसायको बिषयमा जनचेतना कमहुनु ।
सरकारद्वारा गुणस्तरहीन फलफूल तथा कृषिजन्य वस्तुको निगरानी नहुनु ।
उत्कृष्ट तथा नजिक फलफूल तथा कृषिजन्य वस्तुको संकलन केन्द्र हुन नसक्नु ।
मिसावटयुक्त फलफूल तथा कृषिजन्य बस्तु बजारमा आउनु आदी ।
फलफूल तथा कृषि व्यवसाय गर्न चाहनेहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
–फलफूल तथा कृषि व्यवसाय कम लगानीमा पनि सञ्चालन गर्न सकिन्छ । अरु व्यवसायमा जस्तो एकैचोटि धेरै लगानी गरिराख्नु पर्देन । थोरै लगानी र आफूसँग भएको खाली जग्गा जमिनमा नै व्यवसाय सञ्चालन गर्न सकिन्छ । यस व्यवसायमा जनशक्ति पनि कम लाग्छ । उत्पादित फलफूल कृषिजन्य वस्तु स्थानीयस्तरमै बिक्रि वितरण हुन्छ । साथै देश भरिकै बजार उपभोक्ता माझ पुर्याउन सकिने र व्यवसाय वृद्धि गर्न अरुमानिर्भर हुन पर्दैन । त्यसैले फलफूल तथा कृषि व्यवसाय गर्न सम्पूर्णमा सुझाव दिन चाहन्छु । साथै, राज्यले पनि स्थानीय कृषक र कृषि वस्तुलाई प्राथमिकता दिई बजारीकरणको समेत व्यवस्थापन गरी विदेशबाट आयतीत कृषि वस्तुलाई रोक लगाउन सकेमा मात्र कृषि क्षेत्रको विकास भई कृषकमैत्री राज्यबन्न सक्नेछ भन्ने कुरालाई नकार्न मिल्दैन ।
प्रतिक्रिया