दुर्गाथलीका विद्यलयहरूमा ईन्टरनेट जडान गरिने

दुरसचार प्राधिकरणको तर्फबाट निर्देशक डा. सुरेन्द्र लाल हाडा र दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा (तुफान)बीच ईन्टरनेट जडान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे

बझाङ । बझाङकाे दुर्गाथली गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंबीच पालिकाका विद्यालयहरुमा इन्टरनेट जडान गर्ने सम्झौता भएकाे छ । बुधबार दुरसचार प्राधिकरणको तर्फबाट निर्देशक डा. सुरेन्द्र लाल हाडा र दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा (तुफान)बीच ईन्टरनेट जडान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि अध्यक्ष थापाले भने, ‘ईन्टरनेट जडानबारे सम्झौता भैसकेको छ, अवकाे एक दुई महिनामा नै पालिका भित्रका २३ वटा आधारभूत विधालयमा वाई फाइ जडान र २ वर्ष सम्मको महसुल नेपाल दूरसञ्चार प्राधिकरणले दिने समझदारी भएको छ ।’

विद्यालयहरूमा ब्रोडब्याण्ड, इन्टरनेट जडान गर्ने र इन्टरनेट जडान भएपछि शिक्षक शिक्षिका विद्यार्थीहरुमा थप सिकाईमा केही सहजता हुने उनले बताए ।

प्रतिक्रिया