बझाङ । बझाङको केदारस्यु गाँउपालिकामा प्रगतिशील युवा समाज र दलित सयोग समाजले गरेका कामहरुको सँयुक्त अनुगमन गरिएको छ । केदारस्यु गाँउपालिकाको वडा ८ लोतुमा आईतबार र सोमबार जिल्लाका सरोकारवाला निकायहरुले सँयुक्त अनुगमन गरेका हुन् । अनुगनका क्रममा प्रगतिशिल युवा समाज र वल्डभिजनको साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा र बाल संरक्षण तथा बाल प्रायोजन अन्तरगत गरेका कामहरुको अनुगमन गरिएको प्रगतिशील युवा समाजका व्यावस्थापक यज्ञराज जोशीले बताए ।
जोशीका अनुसार संस्थाबाट निर्मित विद्यालय भवन, शैचालय शनिबारीय पढाई र दलित सहयोग समाजले सोही वडामा पोषण तथा उथ्थान जिविकोपार्जन अन्तरगत कृषकहरुको प्लास्टिक टनेल र पसलहरको अनुगमन गरिएको हो । अनुगमनका क्रममा संंस्थाले विद्यालयको भौतिक संरचना शैक्षिक सामाग्री र विद्यालय जाने उमेर समुहका बालवालिकालाई शनिवारीय पढाई कार्यक्रम एकदमै प्रभावकारी भएको स्थानीय उदय बोहराले बताए ।
बोहराले भने, ‘हाम्रो जस्तो विकट ठाँउमा प्रगतिशिल युवा समाजले विद्यालय जाने उमेर समुहका बालवालिकालाई कापी, कलम, झोला, स्कुल डे«स दिएपछि विद्यार्थीहरुलाई पढाईमा पहिलेका भन्दा अधिले धेरै सहज भएको छ ।’
अनुगमनका क्रममा भेरी आघारभुत विद्यालयका प्रधानाध्यापक प्रेमराज जोशीले भने, ‘प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेशनले गर्दा आफ्नो विद्यालयमा वालमैत्री धारा शैचालय, विध्यालय भवन, लगाएत विद्यार्थीहरुको लागी शैक्षिक सामाग्री मात्र नभई बेला बेलामा शिक्षक, शिक्षिका र अभिभावकलाई पनि गुणस्तरीय शिक्षकका लागि तालिम दिंदै आएको र यस तालिमले गर्दा आफुहरुलाई पनी धेरै सहज भएको छ ।’
त्यस्तै कैलास मावि लोतुका प्रधानाध्यापक नवराज जोशीले गुणस्तरीय शिक्षाका लागि प्रगतिशील युवा समाज र वल्र्डभिजनले विद्यालयमा निमाण गरेको भौतिक संरचना, शैक्षिक सामग्री र वेलावेलामा शिक्षक शिक्षिकाहरुका लाग दिंदै आएको तालिमले एकदमै प्रभावकारी भएको बताए । यसलाई झनै प्रभावकारी वनाउन विद्यालय परिवार, व्यावस्थापन र अभिभावक पनि लागी परेको र केही हदसम्म नतिजामुखी बनाउन सफल भएको उनले वाताए ।
संस्थाबाट निर्मित संरचनाहरु, वालपेन्टीङलगायत शैक्षिक सामाग्रीहरुको अपनत्व लिएर संरक्षण गरे आयुभन्दा वढी टिक्ने जिसस उपप्रमुख कृष्णबहादुर विष्टले बताए ।
प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपाल र दलित सहयोग समाजले केदारस्यु गाँउपालिकाका विभिन्न वडाहरुमा शिक्षा, जिविकोपार्जन लगाएतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आगामी दिनहरुमा पनी निरन्तररुपमा पालिका र संस्थाबीच सहकार्य गरी पालिकाको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रगतिशील युवा समाज र वल्डभिजनले केदारस्यु गाँउपालिका ८ मा विद्यालयकोे भौतिक संरचना र शैक्षिक समाग्रीमा मात्रै एक करोड भन्दा वढी खर्च गरिसकेको छ ।
बझाङ
प्रतिक्रिया