मुगुका चारवटै पालिकामा शिक्षक महासंघको धर्ना

मुगु । आइतबार देशभर नेपाल शिक्षक महासंघले सबै ७ सय ५३ स्थानीय तहमा धर्ना दिएको छ । मुगुम पनि जिल्लामा रहेका एक नगरपालिका र तीन गाउँपालिका गरी ४ स्थानीय तहमा नेपाल शिक्षक महासंघले धर्ना दिएको नेपाल शिक्षक महासंघ मुगुकी अध्यक्ष विष्णुमाया भामले जानकारी दिइन् ।

उनले आज पहिलो चरणको शान्तिपूर्ण धर्ना शिक्षक महासंघमा आबद्ध सबै संघ संगठनले बिहान ११ देखि २ बजेसम्म जिल्लाका ४ वटै स्थानीय तहमा शान्तिपूर्ण, विद्यालयमा कुनै प्रभाव नपारी धर्ना दिएको बताइन् ।

नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबै शिक्षकहरुको माग सम्बोधन नगरेको, सरोकारवालासँग छलफल नगरी शिक्षा ऐन ल्याउन लागेको, नेपाल शिक्षक महासंघसँग सरकारले गरेको ३० र ५१ बुँदे सहमति कार्यान्वयन गर्न नखोजेको भन्दै आज देशैभरी शिक्षक महासंघको अगुवाइमा धर्ना दिएको र पालिका प्रमुख, प्रशसकिय अधिकृतमार्फत सहमति कार्यन्यवन गर्न सरकारको ध्यानाकर्षण गराइएको बताइएको छ ।

शिक्षक महासंघले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन २८ गते (आज) पालिकास्तरीय धर्ना, ३० गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना र भदौ १ गते प्रदेश संघीय सांसद लागि आवश्यक पहल सहयोगको लागि जानकारी कार्यक्रम गरिने अध्यक्ष भामले बताइन् ।

प्रतिक्रिया