पाँचथर । फिदिम नगरपालिका– ११ फालौट सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
उक्त स्कुटर फिदिम नगरपालिका– ११ अम्बके भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६५ वर्षीय महिला फिदिम ११ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए । सोही दुर्घटनामा स्कुटर चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते भएका छन् ।
कार्कीले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाँगीनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भिरमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । स्कुटर चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ ।
दुर्घटनामा स्कुटरबाट सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारको लागि अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया