काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जंगली जनावरको संरक्षण गर्दा भूगोल र इको सिस्टमले धान्न सक्ने गरी संरक्षण गरिनुपर्ने बताएका छन् । बाघको संख्या इको सिस्टमलाई संरक्षण गर्नु आवश्यक रहेको र भुगोल धान्न सक्ने गरी जंगली जनावरकाे संरक्षण गर्नु अति आवश्क रहेको बताए ।
ओलीले बाघ बढोत्तरीको सन्दर्भलाई जोड्दै बाघको संक्षण र संख्यात्मक वृद्धिदर नियंत्रणको लागि पनि सोच्नुपर्ने बताए । उनले बाघको संख्या बढाएर मान्छेको संख्या घटाउनुपर्ने अवस्थाको वैज्ञानिक प्रणालीको औचित्य नभएको बताए ।
अध्यक्ष ओलीले दिनहुँ मान्छेलाई आक्रमण गरिरहेको घटना बेहोर्नुपर्ने अवस्था आउनुभन्दा अघि नै बाघ कति धान्न सकिन्छ, कति बाघको लागि कति वन क्षेत्रफल आवश्यक पर्ने त्यति संरक्षणका लागि मात्रै बाघ, हात्तीलगायत जंगली जनावरहरूको संरक्षण गरिनुपर्ने बताए ।
सामुदायीक वन दिवस २०८० को अवसरमा नेकपा एमाले वन तथा वातावरण विभागको आयोजना र नेकपा एमाले काभ्रे जिल्ला कमिटीको संयोजनमा धुलिखेल नगरपालिका– २ मा आयोजित बृहत वृक्षारोपण समारोह कार्यक्रम पछि उपस्थित समारोह लाई सम्बोधन गर्दै ओलीले वनलाई बचाइ राख्न यसको महत्व जान्नु पर्ने बताए ।
ओलीले आफूले रोपेको बोट बिरुवा हुर्काउने स्याहार सुसार गर्ने जिम्मा आफैलाई रहेको भन्दै आफैंले रोपेको जिम्मा स्थानीय नागरिकलाई दिएको समेत बताए । उनले अहिलेको सामुदायीक वनले नेपालको अरु वन संरक्षण समितिभन्दा उत्कृष्ट काम गरेको भन्दै वनले वनभित्र विभिन्न भूगोल र मौसम अनुसारको फलफूल र ल्वाङ, स्याउ कटहर, आप र डालेघाँसहरु लगायतका आम्दानी गर्न सकिने बिरुवाहरू रोपेर रोजगार समेत उत्पादन गर्न सक्नुपर्ने बताए ।
उनले वर्तमान सन्दर्भमा वैज्ञानिक वन व्यवस्थापनको नाममा सालका रुखहरु मासीरहेको सवालमा त्यो कुनै पनि हालतमा प्रकृति र मानव हितको पक्षमा नरहेको बताएका । वनलाई बहुआयामिक र बहु उपयोगी र उदेश्य राखेर संरक्षण गरिनुपर्ने अध्यक्ष ओलीको तर्क छ ।
सामुदायिक वन दिवस– २०८० को अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले वन वातावरण जीवन सृष्टिदेखि नै चल्दै आएको कुरा प्रकृतिको रक्षा, वातावरणको रक्षा गर्न नसकिए मानव अस्तित्वदेखि कुनै पनि प्राणीको अन्त्य कुनै बेला पनि हुन सक्ने र प्रकितीबिनाको प्राणी जीवन असम्भव रहेको बताए ।
उनले पृथ्वीलाई डाइनोसर हुन नदिन, सबै मानवले प्रकृतिलाई बचाउन आजबाटै लागि पर्नुपर्ने बताएका छन् । बास्कोटाले बन र मानव जीवन बचाउन र यसको अनन्त जीवनको रक्षा गर्न नेकपा एमाले सदैव तयार रहेको बताए।
उनले अहिलेको सरकारले किसानका केही पनि गुनासो समस्या र दुःख नसुनेको भन्दै वर्तमान सरकार गलत ढंगले चलेको भन्दै त्यसको विरुद्धमा प्रकृति सँगै मानवको अस्तित्व जोगाउन राजनीति लागि पनि बचाउन आबस्यक भएको र नेकपा एमाले यी कुरामा दृढ रहेको बताए ।
स्व। पूर्व वडाध्यक्ष राजन कोइराला स्मृति पार्कस्थित आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका जिल्ला तह र केन्द्रिय तहका नेता कार्यकर्ताहरु र स्थानीयहरुको सहभागितामा २७७ घर परिवारको संरक्षणमा ५८ हेक्टरमा बृहत वृक्षारोपण गरिएको थियो ।
प्रतिक्रिया