घरमा आगलागी हुँदा मिक्लाजुङमा एक महिलाको मृत्यु

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका– ७ लेखगाउँमा ५५ वर्षीया सरिता राईको बुधबार बिहान घरको भान्सामा आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । राईको एक तले फुसको छाना भएको घर थियो ।

उनको घर जल्दा भित्र रहेकी सरिता भित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर सूचना अधिकारी मिलन थापाले जानकारी दिए । उक्त घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया