पोखरा : ‘ए’ डिभिजन प्रतिद्वन्द्वी फ्रेन्ड्सलाई ३–० ले पराजित गर्दै विभागीय टोली नेपाल आर्मी पोखरामा जारी ११रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलको ३०आँै मिनेटमा टंक बस्नेतले गरेको कर्नर प्रहारमा रामकुमार विश्वासले हेडमार्फत गोल गरी आर्मीलाई अग्रता दिलाएका थिए । फ्रेन्ड्सका विदेशी खेलाडी पिटरले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टी अवसरमा टेकबहादुर बूढाथोकीले ६९आँै मिनेटमा गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा दीप लामाले आर्मीका लागि थप गोल गरे । म्यान अफ दि म्याच सन्तोष नेपालीको क्रसमा दीपले गोल गरेका थिए । (सौस)
सञ्जय पण्डित सम्मानित
काठमाडौं : नेपालका लामो दूरीका चर्चित धावक एवं हिम आरोही सञ्जय पण्डितलाई बुधबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको छ । संसारकै प्राणघातक हिमाल भनेर चिनिने मनास्लु (८१६३ मि.) मा राष्ट्रिय वाणिज्य बैंकको झन्डा प्रदर्शन गरेकाले उनलाई राष्ट्रिय वाणिज्य बैंकतर्फबाट साहसिक हिम आरोही/अल्ट्रा धावकका रूपमा सम्मानित गरिएको हो । बैंकको ४८औँ वार्षिक उत्सवको सुअवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले ताम्रपत्रसहित सम्मान गरेका हुन् । (सौस)
प्रतिक्रिया