फिदिम बजारको सडक डिभाडरमा वृक्षारोपण

पाँचथर । फिदिम नगरपालिकाले सदरमुकाम बजारकाे सडक बीचभाग (डिभाइडर) मा वृक्षारोपण गरिएको छ । मेची राजमार्ग फिदिम बजारबीच सडक डिभाइडरमा करिब पाँसय विरुवा रोपिएको हो । करिव १ हजार ७ सय मिटर क्षेत्रमा धुपी सल्लाको विरूवा रोपिएको नगरपालिकाले जनाइएको छ ।

बजारलाई स्वच्छ सफा र हरियाली बनाउने अभियान अन्तरगत विरुवा रोपिएको नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले बताए । बिहिवार साँझ जनप्रतिनिधि, राजनीतिक दल, नेता कार्यकर्ता, सुरक्षा अधिकारीहरु, सामाजिक अभियन्ताको उपस्थितिमा बृक्षारोपण गरिएको हो । रोपिएका हुर्काउने बढाउने दायित्व नगरपालिकाको भएपनि संरक्षण भने उपभोक्ता स्वयमले गर्नुपर्ने नगर प्रमूख मित्रप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया