काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’ राखिएको छ । मंगलबार (आज) सर्वोच्च अदालतमा पूर्ण इजलासमा बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको प्रवक्ता बिमलप्रसाद पौडेलले बताए ।
सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।
बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगगलबार बहस भएको थियो ।
बुधबार रिट निवेदक हिक्मत कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य, टिकाराम भट्टराई, बद्रिबहादुर कार्की लगायतले बहस गरेका छन् ।
यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ता दीनमणी पोखरेलसहित सरकारी वकिलहरुले बहस गरेका छन् । अन्य प्रतिवादीको तर्फबाट बहस बाँकी रहेकाले भोलि पनि सुनुवाइ हुने भएको छ ।
प्रतिक्रिया