बिपी पार्क फिदिममा वृक्षारोपण गरी ‘४१औँ बिपी स्मृति दिवस’ मनाइयो

पाँचथर । नेपाली कांग्रेस पाँचथरले फिदिमस्थित बिपी पार्कमा वृक्षारोपण गरेको छ । स्वर्गीय तत्कालिन नेता बिपी कोइरालाको सम्झनामा शनिबार बिहान वृक्षारोपण गरिएको हो ।

कांग्रेस जिल्ला कार्य समिति पाँचथरले ४१औँ बिपी स्मृति दिवसमा बिगतमा लगाइएका बिरुवा गोडमेलसहित नयाँ बिरुवा रोपण गरी दिवस मनाइएको हो ।

उक्त पार्कमा बिपी कोइरालाको सम्झनामा वैस, असोका जातका २५ थान बिरुवा रोपण गरी बिगतमा रोपिएका बिरुवा गोडमेल गरिएको निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।

नेपाली राजनीतिका शिखरपुरुष प्रजातन्त्रिक समाजवादका प्रर्वदक प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका संस्थापक तथा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको सम्झनामा वृक्षारोपण र गोडमेल साथै सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, कार्यकर्ताको सहभागितामा सम्पन्न भएको छ ।

प्रतिक्रिया