उपभोक्ताको भुक्तानी नहुँदा लेखामा तालाबन्दी

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको छ । असारमसान्तको समय सकियसँगै उपभोक्ताले भुक्तानी नपाएको र गाउँपालिकामा भएका विभिन्न अनियमितताका बिषयमा न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष धर्मकला शाहिले श्रेस्ता हेर्न नदिएको भन्दै गाउपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको हो ।

गाउपालिका उपाध्यक्ष धर्मकला शाहीका अनुसार अनुगमन समिति संयोजकलाई भुक्तानी प्रक्रिया तथा उपभोक्ताका कागजात हेर्न खोज्दा लेखापाल नन्दबहादुर शाहीले लेखाका कागजात हेर्ने अधिकार छैन भन्दै धम्कि दिएपछि लेखा शाखामा ताला बन्दी गरिएको हो ।

आईतबार लेखाशाखामा पुलिस प्रशासन लगाएर कसैलाई जानकारी नदिई गोप्य तरिकाले कामकाज गरिएको थियो । गाडि मर्मत ,इन्धन खर्च ,भ्रमण खर्च ,दर्ता बिना भुक्तानी ,कोपिला स्हार केन्द्रको लागि ११ लाखको समान खरिद भनेको तर रातिको १०ः११ बजे ३० लाखको भुक्तानी दिएको लगायत अन्य भुक्तानी सम्बन्धिका कागजात हेर्न खोज्दा नदियपछि उपाध्यक्षले तालाबन्दी गरेकी हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया