सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत् अवरुद्ध

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार डोटीको रुवसकाँडामा १३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

अत्तरियादेखि स्याउले सबस्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो । तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हाे ।

तार मर्मत गरी विद्युत् सेवा सुचारु गर्न केही समय लाग्ने जनाएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।

प्रतिक्रिया