किसानलाई आधुनिक खोर र बाख्रा

बझाङ । बझाङ जिल्लाको थलारा गाँउपालिका वडा १ का बाख्रापालक किसानहरु आधुनिक खोर र बाख्रा वितरण गरिएको छ । किसानलाई पाँचवटा आधुनिक खोर र १ सय १ वटा नयाँ प्रजातीका बाख्रा वितरण गरएिको हो ।

भेटेनरी अस्पताल तथा पसु विज्ञ केन्द्र बझाङका पशु विकास अधिकृत कर्णबहादुर खड्काका अनुसार सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा मालिका अर्जुन कृषक समुहलाई २४ लाख ६६ हजार र जनश्रमदान ४ लाख ७५ हजार गरी जम्मामा २९ लाख ४१ हजारमा ५ वटा आधुनिक खोर र १०१ बाख्रा खरिद गरेको थियो ।

अनुगमनका क्रममा थलारा गाँउपालिका वडा न १ थापागाउँकी बाख्रा पालक किसान विर्मा थापाले भनिन्, ‘पहिला हामी गाई, भैसी, गोरु र बाख्रा एकै ठाँउमा राख्थ्यौं, अहिले पशु प्राविधिकहरुको सल्लाह अनुसार काम गरीरहेका छौं, यो बाख्राको लागी खोर निर्माण भएपछि पहिलेको भन्दा अहिले काम गर्न पनि धेरै सहज भएको छ ।’

त्यस्तै अर्का बाख्रा पालक किसान प्रेमराज जोशीले भने, ‘अहिले हामीलाई समुहबाट बाख्रा र बाख्राको खोर निर्माण गर्न भेटेनरी अस्पतालका प्राविधिकहरु खोरको स्टमेट डिजाईन गर्न वेलावेलामा आउने गर्नुहुन्छ । खोरको अनुगमन गर्नुहुन्छ । बाख्रा विमारी भएमा औषधी उपचार पनि गर्नुहुन्छ । पहिले हामीले बाख्रा पाल्ने तरीका र अहिलको बाख्रा पाल्ने तरीका फरक छ ।’

पालिकाका केही वडाहरु पशुपालनको लागी धेरै सम्भावना भएको हुनाले पशु पालक कृषकहरुलाई मासु उत्पादनमा वृद्धि गरी ग्रामीण बस्तिका किसानहरुलाई आत्मानिर्भर बनाई पसुपालक किसानहरु पनी जिविकोपार्जन गर्न सक्ने हुनुपर्ने र किसानहरु निर्वाहमुखि भन्दा पनि व्यावसयीक हुनुपर्नेमा जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका कार्यालय प्रमुख विनोदबहादुर कठायले बताए ।

कार्यलय प्रमुख कठायतले पछिल्लो समय प्रदेश सरकार मातहत रहेको पशु विज्ञ केन्द्रबाट सञ्चालनमा रहेका कामहरु आफूले जिल्लामा कडाईका साथ निगरानी गरीरहेको बताए । उनले प्रदेशवाटबाट आउने कार्यक्रमहरु निश्चित फर्म, समूह र सहकारीलाई मात्र आउने भएकाले जिल्लाका वास्तविक किसान ओझेलमा परेको बताए । उनले भने, ‘हाम्रो कार्यालयबाट सम्पन्न हुने कार्यक्रमहरु सम्पन्न नगरी कागजी रुपमा काम गर्न खोज्नेहरुलाई कार्यालयको तर्फवाट कुनैपनि सहयोग नहुने जानकारी गराउन चाहन्छु ।’

अनुगमनमा भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख विनोद कठायत, पसु विकास अधिकृत कर्णबहादुर खड्का, जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट, थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष रामबहादुर खाती, लगायतको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा बाख्रा पालक किसानहरुलाई बाख्रामा लाग्ने विभिन्न खाले रोग, रोगको लक्षण र उपचार विधिहरुवारे पनी जानकारी गरएको थियो ।

प्रतिक्रिया