फाल्गुनन्द– १ का अग्नी पीडीत प्रेम नेम्वाङलाई सहमहामन्त्री आङदेम्बेले बनाइदिए घर

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका– १ का अग्नी पीडित प्रेम नेम्वाङलाई घर बनाइदिएर हस्तान्तरण गरेका छन् ।

सहमहामन्त्री आङदेम्बेले सोमबार नेम्वाङलाई घर हस्तान्तरण गरेका हुन् । उनको घर गत बैशाख २८ गते छोरा मक्ख बहादुरसहित घर जलेर नष्ट भएको थियो । त्यसपछि नेम्वाङका परिवार पाल टाँगेर बारिको पाटामा बसेका थिए । घर निर्माण गर्न आङदेम्बेले रु ५५ हजार सहयोग गरेको बताइएको छ ।

अन्य निर्माण सामग्री वडा कार्यालय र सहयोग दाता आङदेम्बेले उपलब्ध गराएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । नेम्वाङ परिवारलाई आङदेम्बेले घर बनाइदिएर हस्तान्तरण गरी बसोबास गराएका हुन् ।

प्रतिक्रिया