अखिल क्रान्तिकारी पाँचथरको अध्यक्षमा सन्दिप तुम्रोक, यी हुन् अरु पदाधिकारी

पाँचथर । माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी पाँचथरको १२औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको सो अधिवेशनबाट सन्दिप तुम्रोकको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

जिल्ला समितिकाे अध्यक्षमा सन्दिप तुम्रोक, उपाध्यक्षमा रोसन न्यौपाने, प्रकास लोहार, चित्रकला हाङसुरुम्बा, सचिवमा मिङसोहाङ लोवा, सहसचिवमा, विमल ताम्लि, विजय मगर र मनोज बास्कोटा चय भएका छन् ।

उक्त अधिवेशनलाई अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले सम्बोधन गरेकी थिइन् । अधिवेशन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय, प्रदेश, जिल्ला सदस्य, साथै जिल्लाका जनप्रतिनिधि र अनेरास्वसवयुका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया