आयुक्त जयबहादुर चन्दको ‘मैनाचरी’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्वएआइजी जयबहादुर चन्दले लेखेको नयाँ गीत ‘मैनाचरी’ सार्वजनिक भएको छ । गायिका मेलिना राईको आवाज रहेको यो राष्ट्रिय भावको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छन् ।

सुदीप बरालको छायांकन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीतको भिडियो निर्देशन सरोज ओलीको रहेको छ । आयुक्त चन्दले भने, ‘यो राष्ट्रिय भावको गीत हो । स्कुल कलेज विवाह– ब्रतबन्धतिर बजाउन मिल्छ ।’ उनले आमदर्शक–स्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने आशाका साथ गीत ल्याएको बताए । उनले भने, ‘सुदूपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउँथे । त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो ।’ चन्दले यसअघि ट्राफिकसम्बन्धी जनचेतना जगाउने ‘सेतो टोपी’ बोलको गीत ल्याएको थिए ।

प्रतिक्रिया