काठमाडौं । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट उनी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी थिइन् । बुधबार बसेको जसपा प्रदेश समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।
कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया