काठमाडौं । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा बासहरिएको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएको छ ।
जसपाका नेता रकम चेम्जोङले सरकारलाई समर्थन गनुृपर्ने औचित्य सकिएको निष्कर्षपछि बाहिरिएको बताए । सरकारले आन्दोलन गरिरहेका व्यक्तिहरुलाई पनि सम्बोधन नगरेको र सरकार सञ्चालनमा पनि असन्तुष्टि देखिएकाले मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको उनको भनाइ छ ।
प्रदेशको नामकरणको विषयमा आफूहरुले सुरुदेखि नै असहमति राखेको र सरकारलाई वार्ताका लागि पहल गर्न भनेको तर सरकारले सोचे अनुसार काम नगरेकाले फिर्ता भएको उनले बताए ।
प्रतिक्रिया