स्वाथ्य, शिक्षा र स्वरोजगार जनताको प्रमुख सरोकार : मन्त्री ठकुरी

अर्घाखाँची । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले जनताको माग र आवश्यकताको आधारमा शिक्षा, स्वास्थ्य र स्वरोजगारको कामलाई पहिलो प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने बताएकी छन् । शुक्रवार अर्घाखाँची अस्पताल सन्धिखर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री ठकुरीले यस्तो बताएकी हुन् । मन्त्री ठकुरीले भनिन, ‘सेवाग्राहीलाई सेवाप्रदायक निकायको ब्यवहार नै पहिलो र महत्वपुर्ण शर्त हो, केही हदसम्म बिरामीलाई स्वास्थ्य कर्मीको ब्यवहारले पनि सान्त्वना मिल्छ, सेवालाई मुस्कान सहितको सेवा दिदै, सुन्दर तरिकाले पस्कन जरुरी देखिन्छ, स्वास्थ्य सेवामा भएको प्राबिधिक कमजोरीले कुनै पनि ब्यतmीको जिवनमा ठुलो समस्या हुने हुँदा कमजोरी गर्नु हुदैन, जनताको स्वास्थ्य अधिकारलाई सुरक्षित गर्न सेवाको उत्पादन र बितरण कार्यलाई प्रभावकारी बनाउन मिडिया र पत्रकारले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्ने हुन्छ ।’

शिक्षा र स्वास्थ्यको गुणस्तरको विकासका लागी भौतिक संरचनाले मात्र नहुने भन्दै मन्त्री श्रीपालीले प्रविधी र दक्ष बिज्ञ,जनशतmीको आवश्यकता अपिहार्य रहेको बताईन् । बिभिन्न क्षेत्रका सरोकारवाला बिज्ञ र कर्मचारी हरुसँग आबश्यक सुझाव सल्लाह र परामर्श गरि बैज्ञानिक तवरले नै परिणाम देखिने र जनताले महसुस गर्ने गरि काम गर्न लागेको बताईन् ।

देशलाई समृद्धिको दिशामा अगाडी बढाउनका लागी आफु सवै राजनैतिक दलहरु बिच सहकार्य गरेर अगाडी बढ्ने उनले बताईन् । सवैलाई उत्पादन, स्वरोजगार संघ जोडी आत्मनिर्भर बनाई आर्थिक समृद्धि र सुशासन कामय गर्नुपर्ने आबश्यकता रहको उनले बताईन् ।

अर्घाखाँची अस्पताललाई बिशेषज्ञ सहितको गुणस्तरिय सेवा,भरपर्दो सेवाका लागी दरबन्दी अनुसारका कर्मचारी सेवा सुबिधा तथा भौतिक पुर्वाधारको बिकास र उचित प्रविधीको आबश्यकता रहेको अर्घाखाँची अस्पतालका प्रमुख जगनाथ तिवारीले बताए । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका गणेश पौडेल, रामप्रसाद गौतम, अशोक चौहानलगायतका कर्मचारीहरु अस्पतालको अवस्था र विकासका लागी आफ्नो धरणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अर्घाखाँची इन्चार्ज, तथा निवर्तमान सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार बिक किशोर, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भुमि आयोग अर्घाखाँचीका सदस्य छमकुमार खनाल चिनारी लगायतका अथितीहरुले अस्पतालको स्तरउन्नती र बिकासमा लागी परेको बताए । कार्यक्रममा जिल्लाका कृशाशिल पत्रकार अस्पतालका डाक्टर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया