काठमाडौं । माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि शिक्षक सेवा आयोगले आवेदन खुलाएको छ ।
आइतबार आयोगले शुक्रबार बसेको आयोगको बैठकअनुसार आवेदन खुलाको सूचना प्रकाशित गरेको छ ।
आयोगको आधिकारिक अनाइल https://license.tsc.gov.np/ मा अनलाइन मार्फत लाइसेन्सका लागि आवेदन दिन सकिने छ ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू पेश गर्नुपर्नेछ । जसलाई राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने बताइएको छ ।
प्रतिक्रिया