मुुगु । जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पताल मुुगुुमा औषधि अभाव तथा दक्ष जनशक्ति नहँुदाँ अस्पताल आफैँ थलिएको छ । १५ शैय्याको एक मात्र अस्पतालमा औषधिको अभाव र दक्ष प्राविधिक जनशक्ति नहुँदा अस्पताल आफैँ थलिएको हो । सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको भए पनि जिल्ला अस्पताल मुुगुुमा त्यो औषधि उपलव्ध छैन । सामान्य औषधि नपाउँदा बिरामी निजी मेडिकलबाट महँगो खर्चेर किन्न बाध्य भएका छन् । ०६३ फागुुन ११ गते प्राथमिक सेवा केन्द्रबाट स्तरवृद्धि गराई मुगुमा एउटा १५ शैय्याको सरकारी अस्पताल बनाइएको भए पनि अस्पतालको अवस्था नाजुक जस्तै छ । यस अस्पतालमा उपचारका लागि मुुगुु जिल्लाभरीका र केही हुम्लाका बिरामी यो अस्पतालमा आउने गरेका भए पनि औषधि अभाव, एक्स–रे मेसिन लगायतका अन्य अत्याधुनिक उपकरण सञ्चालनमा नआउँदा बिरामी मर्कामा पर्ने गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका–१३ लुमका गोविन्द्र विक छोराको खुुट्टामा चोटपटक लागेपछि उपचारका लागि अस्पताल आएका भए पनि अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा नहुँदा छोराको चोटपटक कत्तिको छ, उपचार यहाँ हुन्छ हुँदैन अन्योलमा छन् । छोराको उपचार गर्न बाहिर जिल्ला लैजाउ पैसा छैन । यहाँ उपचार गर्ने कुनै वातावरण छैन के गरौँ पैसा अभावले अन्योलमा परेको सौर्य दैनिकलाई सुनाए ।
मौसम परिवर्तनको प्रभावले अहिले अस्पतालमा बिरामीको चाप बढेको छ । तर, मुगु अस्पताल र यहाँका बिरामीका विषयमा कसैले चासो दिएका छैनन् अस्पतालमा औषधिको पनि उत्तिकै अभाव छ । सामान्य औषधि अभाव बिरामी निजी मेडिकलमा महँगो खर्चे औषधि किन्न बाध्य छन् ।
कर्णाली प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मुुगुुमा प्रदेश सरकारकै बेवास्ताका कारण यस्तो समस्या भएको देखिन्छ । विशेषज्ञ सेवाका लागि उपलब्ध अक्सिजन पाल्नट, थाइराइड चेक मेसिन, एक्सरे मेसिनलगायत अन्य आवश्यक मेसिन प्रयोगविहीन हँुदा चिकित्सकहरूलाई पनि उपचारमा समस्या भएको जिल्ला अस्पताल मुुगुुका चिकित्सक डा.रविन्द्र भट्टराईले बताए ।
जिल्ला अस्पताल मुुगुुमा विशेषज्ञ चिकित्सक तीन जना र चार जना मेडिकल अधिकृतको दरबन्दी छ । तर अहिले एक जना विशेषज्ञ चिकित्सक एमडी जिपी र अन्य मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन भइरहेको छ । दक्ष प्राविधिकको समस्याका कारण उपचारका लागि मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौँ वस्तीका नागरिक अस्पतालबाट पाउर्ने विशेषज्ञ सेवाबाट वञ्चित भएका जिल्ला अस्पताल मुुगुुका निमित्त कार्यालय प्रमुख भुवन पुुरीले बताए ।
यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको छ । अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ । तर, उपकरण सञ्चालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य भएका नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए ।
संविधानमा मौलिक हकका रूपमा उल्लेख भएको स्वास्थ्य सेवाको हकबाट मुगुका नागरिक वञ्चित छन् । यससँगै निःशुल्क औषधिसमेत यहाँ पुग्ने गरेको छैन । जसका कारण यहाँका नागरिकले महँगो रकममा निजी फार्मेसीबाट औषधि किन्नु परिरहेको गुुनासो गर्ने गरेका छन् ।
मुगु
प्रतिक्रिया